‘जनतामा निराशा फैल्याउन स्वार्थी तत्वहरु लागि परेका छन्, सचेत रहनुहोस्’ : प्रधानमन्त्री

आजको खबर   |    प्रकाशित : २०७५ माघ २८ गते ७:४८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउने स्वार्थी तत्वहरुले प्रयास गरिरहेको उल्लेख गर्दै सचेत रहन आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भईरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति आपत्ति पनि जनाए।

उनले नेपालमा वैदेशिक लगानी भित्र्न नदिन चैत्र दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँडने तत्वहरु पनि सक्रिय भईरहेको दावी गरे।

सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धकार युगमा राखिरहने प्रयास अझै पनि भईरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लडन पनि सबैलाई आह्वान गरे।

प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिए। मुलुकमा विद्युतीकरण हुन नदिन त्यस्ता खालको गतिविधि भईरहेको प्रधानमन्त्री ओलीको भनाई छ।

२०७५ माघ २८ गते ७:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर