भित्ता नै फोरेर बैंक लुट्न पुगे चोर

आजको खबर   |    प्रकाशित : २०७५ फागुन ४ गते ८:३२

एजेन्सी । पछिल्लो समयमा एउटा अप्रत्यासित चोरीको घटना भयो जुन घटनाले संसारकै ध्यान तान्यो। भारतको पञ्जाबमा रहेको मोरिन्डा गाउँको धनौरीमा चोरहरूले एक बैंक लुट्ने प्रयास गरे। जहाँ रातीको समयमा बैंकको भित्तोमा नै ठूलो प्वाल पारे।

जब उनीहरू बैंक भित्र छिरेर सेफ नजिक पुगे तब त्यो बलियो फलामे सेफ उनीहरूले फुटाउन सकेनन्। त्यति हुँदा सानोतिनो हल्ला खल्ला पनि मच्चियो। उनीहरु पनि भागे। चोरहरुले फलाम काट्ने औजार पनि लिएर आएका थिए। तर त्यो काट्न नपाउँदै बैंक अधिकारी र प्रहरी अधिकारी घटनास्थलमा पुगे। त्यसपछि सबै ती व्यवसायी चोरहरु भएको थाहा भयो।

भारतको धनौरीस्थित एचडीएफसी बैंकको भित्तोमा चोरहरूले भ्वाङ पारेर भित्र छिरेपछि बलियो सेफ फोर्न सकेनन्। बैंकमा राखिएको सीसीटीभी क्यामरा र हूटरहको तारलाई चोरहरूले पहिले नै काटिसकेका थिए। यसले गर्दा सीसीटीभीमा चोरहरू देखिएनन्।

२०७५ फागुन ४ गते ८:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर