जिम्बाबेको सुनखानीमा ६० जनाको मृत्यु भएको आशंका

आजको खबर   |    प्रकाशित : २०७५ फागुन ४ गते १०:०२

हरारे । जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । दुर्घटना भएका दुई ओटा सुनखानीमा ६० देखि ७० जना कामदारहरु रहेकाले उनीहरु अधिकांशको मृत्यु भएको आशका गरिएको अधिकारीहरुले बताएका छन् । स्थानीय सरकारका सार्वजनिक सेवा सम्वन्धी मन्त्री जुली मोयोले अवैध रुपमा संचालनमा रहेका सुनखानीका कामदारहरु पुरिएको जानकारी दिए ।

उनका अनुसार देशको पश्चिमी प्रान्त मशोनाल्याण्डमा सो घटना भएको हो । उनीहरुलाई जिवितै उद्धार गर्न सकिने सम्भावना न्युन रहेको उनले बताए । अत्यधिक बर्षा भएकाले उद्धार कार्यमा कठिनाई भएको उनको भनाई छ । दुवै पानीको खाल्डोबाट पानी बाहिर निकालिएको स्थानीय अधिकारीहरुले बताएका छन् । उद्धार कार्यमा खटिएकाहरुले आईतबार शव निकालिने अपेक्षा गरेका छन् ।

जिम्बाबेका राष्ट्रपति इम्मर्सन मनाङग्वाले प्रकोपको घोषणा गर्दै घटनामा पिडितहरुप्रति सहानुभूति व्यक्त गरेका छन् ।

२०७५ फागुन ४ गते १०:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर