ट्रक दुर्घटनामा परी, दुईजनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ फागुन ५ गते ६:३०

राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताएका छन् । उनीहरुको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका– ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १६५१ नं को मैदा पिठो बोकेको ट्रक अनियन्त्रित भई रुखमा ठोकिएको थियो ।

२०७५ फागुन ५ गते ६:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर