मेघालाई, मोडल बिनुको पचास हजार सहयोग (हेर्नुहोस् भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ फागुन ५ गते ७:१९

काठमाडौं । पछिल्लो केही समय यता सामाजिक सञ्जाल तथा मिडियाहरूमा, करेन्ट लागेर दुबै हात गुमाएकी बिराटनगरकी मेघा घिमिरे छाएकि छिन् । मेघाले दिएको अन्तर्वार्ताले मन छोएर र उनको बारेमा थाहा पाएर नृत्याङ्गना तथा मोडल बिनु शाक्यले पचास हजार नगद सहयोग गरेकी छिन् ।

बिनुले अमेरिकामा रहँदै आएका नेपाली समाजसेवी ललित प्रधानसँगको सहकार्यमा पचास हजार सहयोग गरेको जानकारी दिइन् । ‘ललित जीले पनि मेघालाई सहयोग गर्न चाहन्छु भन्नु भयो र उहाँले पठाएको रकममा केही थप गरेर सानो सहयोग गरेकी हुँ’ बिनुले भनिन् ।

‘दुबै हात नहुँदा महिलाहरूमा हुने महिनावारीको समस्याको बेलामा कति गाह्रो होला भन्ने मेरो दिमागमा पर्यो , त्यस्तै शौचालय जान, खाना खाना निकै गाह्रो छ, एकदमै मन छोयो’ बिनुले थपिन् । यस्तै मेघाले पनि एक साधारण कलाकार भएर पनि ठुलो मन लिएर सहयोग गरिदिएको भन्दै धन्यवाद दिइन् ।

‘कलाकारहरुको दयालु मन हुन्छ भन्ने सुनेकी थिएँ, बिनु दिदी आज मलाई सहयोग गर्न आउनुभयो निकै खुसी छु’ मेघाले भनिन् । उनले अहिलेसम्म अन्य कलाकारहरू खासै सहयोगका लागी नआएको पनि बताइन् ।

मेघाका अनुसार अहिलेसम्म ९ लाख रुपैयाँ मात्र सहयोग रकम उठेको बताइन् । डाक्टरका अनुसार उनको दुबै हात हाल्नका लागी ६० लाखको आवश्यक पर्छ । ‘आशा लिएकी छु सहयोगी मनहरूले सहयोग गर्नुहुनेछ’ मेघाले भनिन् । भिडियोसहित

२०७५ फागुन ५ गते ७:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर