अफगानिस्तानमा लागुऔषध कारोवारमा सङ्लग्न २३ जना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ फागुन ७ गते ६:१३

काबुल । अफगानिस्तानमा अफगान विशेष सुरक्षा बलले गरेको कारवाहीको क्रम लागुऔषध ओसारपसारमा लागेका सदिग्ध २३ व्यक्तिलाई पक्राउ गरिएको छ । अफगान प्रहरीको विशेष बलले गत सात दिनमा अफगानिस्तानको विभिन्न प्रान्तमा जारी राखेको कारवाहीका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

लागुऔषध ओसारपसारसम्बन्धी दर्ता भएका २१ वटा मुद्दामा २३ जना पक्राउ परेका सरकारले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । पक्राउ परेका यी व्यक्तिहरुमा सार्वजनिक सेवामा सङ्लग्न तीन व्यक्ति पनि पक्राउ परेका जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारवाहीको क्रममा १० वटा सवारी साधन, एउटा तीन पाङ्ग्रे रिक्सा र २७ वटा मोबाइल फोन र तीन हजार ३०० अमेरिकन डलर पनि बरामद गरिएको छ । अफगानिस्तानको पश्चिम र दक्षिण भागमा सन् २०१८ मा छ हजार ४०० टन अफीम उत्पादन भएको पनि समाचारमा जनाइएको छ । यसैगरी सन् २०२७ मा नौ हजार टन अफीम उत्पादन भएको थियो । रासस

२०७५ फागुन ७ गते ६:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर