अमेरिकी डलर सहित बिभिन्न देशको मुल्यभाउ बढ्यो

आजको खबर   |    प्रकाशित : २०७५ फागुन ७ गते ७:०६

आज मंगलबार अमेरिकी डलर सहित बिभिन्न देशको मुल्यबढेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ४५ पैसा रहेको छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ १ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४६७ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ३ पैसा छ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५२ पैसा छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १६ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३७६ रुपैयाँ ८० पैसा रहेको छ। आज बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३०३ रुपैयाँ ५९ पैसा रहेको छ।

२०७५ फागुन ७ गते ७:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर