नयाँ दिल्लीमा १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी, ३७७ जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ फागुन ८ गते ६:४२

नयाँ दिल्ली । भारतमा सन् २०१९ को यो डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिएका छन् । बिरामी भएकामध्ये ३७७ जनाको मृत्यु स्वाइन फ्ल्युकै कारण भएको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

राजधानी नयाँ दिल्लीमा मात्रै लगातार फैलिँदै गएको स्वाइन फ्ल्युका कारण दुई हजार २७८ जना प्रभावित भएका छन् । तीमध्ये झण्डै सात सय जना त पछिल्लो दश दिनमा प्रभावित भएका हुन् ।

सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको समाचारअनुसार सबै प्रदेशमा यस्ता बिरामीको उपचारका लागि औषधी लगायतका स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रामा रहेका छन् ।

२०७५ फागुन ८ गते ६:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर