भटमास खानुहुन्छ जानिराखौँ यस्का फाईदाहरु

आजको खबर   |    प्रकाशित : २०७५ फागुन ८ गते ९:०६

झपा। प्रत्येक दिनको काम र तनावपूर्ण जीवनका कारण हरेक व्यक्ति केही न केहि समस्याले चिन्तित हुने गर्छ। भटमास यस्ता ६ समस्याको अचुक अपाय हो जसले जराबाटै समाप्त गर्दिन्छ। अनि जाडोको समयमा यसलाई भुटेर पनि खान सकिन्छ । त्यसै गरी तरकारीको रुपमा पनि यसको सेबन गर्न सकिन्छ ।

धेरैजसो मानिसहरुको अनुहार कम उमेरमै चाउरी पर्ने गर्छ। भटमासको नियमित रुपमा प्रयोग गर्नाले यस्तो समस्या थोरै समयमानै हराउने छ। टुक्रिने र कपाल रफ हुने कारणले गर्दा महीला मात्र नभएर पुरुषहरु पनि चिन्तित हुने गर्छन्। यहि हाम्रो कलि युगको रहन सहनका कारण कपालमा समस्या आएको हो।

यदि तपाई आफ्नो लामो,बाक्लो र चम्किलो कपाल बनाउन चाहनुहुन्छ भने आजै देखि नियमित रुपमा भटमासको प्रयोग गर्नुहोस्। भटमासमा अधिक मात्रामा प्रोटिन पाइन्छ जसले कपाललाई बाक्लो र चम्किलो बनाउन मदत गर्छ।थोरै समय घुमफिर गर्ने बित्तिकै रिगाटा लाग्ने वा कमजोरी महसुस हुने गर्छ भने यस्तो कमजोरीबाट छुट्कारा पाउन सकिन्छ ।

भटमासले शरीरको भित्रि मात्र नभएर बाहिरी समस्याको पनि हल गर्छ। भटमासको पेस्ट बनाएर अनुहारमा लगाउनाले चाया पोतो हराउछ। भटमासलाई पहीला पानीमा भिजाउनुहोस र यसलाई पिसेर धुलो बनाउनुहोस्। अब यस पेस्टलाई अनुहारमा लगाएर १५ २० मिनेटका लागी छोड्दिनुहोस्।

पानीले पखाल्नुहोस अब तपाइको अनुहार सफा र चम्किलो देखिने छ।गर्मी मौसममा तपाइहरुले पनि महसुस गर्नु भएको छ होला कि गर्मी महिनामा चिल्लो छाला हुनेहरूको लागी एकदम दिक्क लाग्दो हुने गर्छ। यदि तपाइको पनि ओइली स्किन छ भने भटमासको नियमित सेवन गर्नुहोस्। भटमासले ओइली छालामा आउने पिम्पल र अन्य छाला सम्बन्धी समस्याहरू हटाउँदछ।

२०७५ फागुन ८ गते ९:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर