ट्याक्टरले किचेर एक बालकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १० गते ६:५२

सिराहा । सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित भित्री सडकमा बालुवा लोड गरी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स १ त ४२३१ नंको ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय बसन्त सदाको १० वर्षीय छोरा आशिष सदा रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। ट्याक्टरमा सवार आशिष अचानक ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किचेको थियो।

ट्याक्टरले किचेपछि गम्भीर घाइते भएका बालकको उपचारको क्रममा कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

२०७५ फागुन १० गते ६:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर