वैदेशिक रोजगारमा पठाइदिन्छु भनी लाखौं घुस लिएको आरोपमा दुई पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १० गते ८:०४

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित फर्स सेक्युरिटी अफिसबाट वैदेशिक रोजगारीमा पठाउने भन्दै ५ लाख घुस लिएको आरोपमा दुई जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महाराजगंज बस्ने रोमछाप दोरम्बाका ५२ वर्षीय रविन्द्र योन्जन र मित्रनगर गोंगबु बस्ने पर्वत चुलुङका २३ वर्षीय बिक रहेका छन्। बिशेष सूचनाको आधारमा उक्त रकम लिदै गर्दा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले घुस लिएको रकम सहित उनीहरूलाई पक्राउ गरेको हो।

२०७५ फागुन १० गते ८:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर