चलचित्र ‘जानी नजानी’ को ट्रेलर सार्वजनिक (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १० गते ९:३६

काठमाडौं। रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागर काजी मालीको निर्माणमा बनेको चलचित्र’जानी नजानी’ को ट्रेलर शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरीएको छ। चैत्र १ मा रिलिज हुने फिल्मबाट वसन्त अधिकारीले निर्देशनमा डेब्यु गर्दैछन् ।

सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्णभक्त महर्जन र रोशनी केसी लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा फिल्म नगरीमा डेब्यु गर्दैछिन् । चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ । हेर्नुस् ट्रेलर।

२०७५ फागुन १० गते ९:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर