राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १० गते १०:१७

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेकि छन् । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकि हुन् ।

राष्ट्रपतिबाट आज राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

२०७५ फागुन १० गते १०:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर