शुक्रबारको तुलनामा सबै विदेशी मुद्राको भाउ घट्यो

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १२ गते ७:२३

काठमाण्डौ । आज रियाल, रिगिंट, दिर्हाम, दिनार लगायत सबै विदेशी मुद्राको भाउ घटेको छ । सबै विदेशी मुद्राको भाउ शुक्रबारको तुलनामा घटेको हो । आइतबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । शुक्रबार खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकिएको छ । शुक्रबार खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा छ । शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा थियो । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा छ । शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ०३ पैसा थियो । यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५१ पैसा रहेकोमा आइतबार खरिददर ३७३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ७४ पैसा छ । शुक्रबार खरिददर ३०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २० पैसा छ । आइतबार कोरियन वनको भाउ पनि घटेको छ । आज एक सयको खरिददर १० रुपैयाँ ९ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा छ । शुक्रबार एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा थियो । नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ ।

२०७५ फागुन १२ गते ७:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर