प्रार्थना गर्न उभिएका ३७ जना विद्यार्थी एकसाथ बिरामि

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १२ गते १०:०८

रुकुमपूर्व । आइतबार बिहान पुथा उत्तरगङ्गा गाउँपालिका ६ मयाङको जनजागृत आधारभूत विद्यालयमा प्रार्थना गर्न उभिएका ३७ जना विद्यार्थी एक्कासी बिरामी परेका छन् ।

विद्यालयमा आएर प्रार्थना गरिरहेका विद्यार्थीहरुमा एक्कासी टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, वान्ता हुनेजस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताए । उनका अनुसार बिहीबारबाटै एक दुईजनामा यस्तो समस्या देखिएको थियो । के कारणले बिरामी भएका हुन् भन्ने कुनै जानकारी नभएको उनले बताए ।

दुर्गम ठाउँमा रहेको त्यस विद्यालय नजिक स्वास्थ्य संस्था नहुदा उपचारमा समस्या आएको छ । भएको एउटा स्वास्थ्य इकाईको कर्मचारी पनि परीक्षा दिन जिल्ला बाहिर गएका छन् । विद्यालयबाट सबैभन्दा नजिक मानिने वडा नम्बर ४ हुकाममा रहेको स्वास्थ्य संस्था पुग्न पनि दुई घण्टा समय लाग्छ । अहिले बिरामी उपचारको लागि हुकाम र मैकोटबाट स्वास्थ्यकर्मीको टोली मयाङतिर आइरहेको प्रधानाध्यापक सेनले बताएका छन् ।

२०७५ फागुन १२ गते १०:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर