आफ्नै चार वर्षीया छोरीको कुटपीट गरी हत्या गर्ने आमा पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १३ गते ७:२०

ताप्लेजुङ । फुङलिङ नगरपालिका २ रिजाललाइनमा कोठामा बस्ने मिक्वाखोला–१ खोक्लिङ घर भएकी ३२ वर्षीय पूजा चेम्जोङ लिम्बू छोरीको हत्या आरोपमा पक्राउ परेकी छिन् । लिम्बूले गएको फागुन १० गते आफ्नै चार वर्षीया नाबालिका छोरीको कुटपीट गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले बताए ।

१० गते बिहान कुटपीटबाट घाइते भएकी नाबालिकालाई इलाम अस्पताल पुर्‍याइएको थियो । नाबालिकाको अस्पतालमै ज्यान गएको प्रहरीले जनाएको छ । छोरीको हत्या गर्ने लिम्बूलाई प्रहरीले पक्राउ गरी कानुन बमोजिम कारबाही अगाडि बढाएको प्रमुख थापाले बताए ।

२०७५ फागुन १३ गते ७:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर