म्याग्दीमा ८१ वर्षीया वृद्धा बलात्कृत

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १३ गते ७:३३

म्याग्दी । रघुगंगा गाउँपालिका–३, राखुपिप्लेमा गएको शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा स्थानीय ३५ वर्षीय गोरे परियारले राम्रोसँग बोल्न र हिँड्न नसक्ने ८१ वर्षीया वृद्धालाई बलात्कार गरेको जिल्ला प्रहरीे कार्यालय म्याग्दीले जनाएको छ ।

राति घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै भएको मौका छोपी बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बलात्कारमा संलग्न आरोपित गोरे परियारलाई भाग्न लागेको अवस्थामा छिमेकीले समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।

प्रहरीका अनुसार वृद्धा मात्र सुतेको घरभित्र वृद्धाले अस्वभाविक आवाज निकालेपछि छेउकै घरमा बस्ने नातिनीले हेर्दा बलात्कार गर्न लागेको देखेपछि उनले छिमेकीलाई खबर गरेकी थिइन् । अशक्त उमेरकी वृद्धालाई आफन्तले बोकेर स्वास्थ्य परीक्षणका लागि बेनी अस्पताल म्याग्दी र उजुरी गर्न जिल्ला प्रहरी कार्यालय पुर्‍याएका थिए ।

आरोपित परियारलाई शुक्रबार राति नै पक्राउ गरी अनुसन्धान सुरु गरिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए । उनले म्याद थपेर आरोपित परियारमाथि अनुसन्धानको कार्य थप अगाडि बढाइएको र भने पीडितको अवस्था सामान्य रहेको बताए । यसअघि पनि आरोपित परियार गाई मारेको अभियोगमा ५ वर्ष जेल सजाय भुक्तान गरेर रिहा भएको प्रहरीले जनाएको छ ।

२०७५ फागुन १३ गते ७:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर