बुटवलको अमरपथमा आगलागि, लाखौँको क्षति

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १३ गते ७:५८

रुपन्देही । बुटवलको अमरपथमा रहेको शंकर प्लाजामा आगो लाग्दा लाखौँको क्षति भएको छ । प्रहरीका अनुसार प्लाजामा रहेको बिन्धवासिनी फेन्सी आगलागीबाट पुरै क्षति भएको छ ।प्लाजामा रहेको प्रभु बैङकको एटीएममा पनि क्षति पुगेको छ । आइतबार राति १० बजेबाट सुरु भएको आगो मध्यरातमा ३ वटा दमकलले नियन्त्रणमा लिएका थिए ।

आगो लागेको आधा घण्टा पछि मात्रै दमकल आएकोले क्षति धेरै भएको स्थानीयले बताएका छन् । बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । अमरपथ बुटवलको प्रमुख व्यापारिक केन्द्र हो ।

२०७५ फागुन १३ गते ७:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर