रौतहटमा स्कूल बस र ट्रक आपसमा ठोक्किँदा एक बालिकाको मृत्यु , १० जना घाइते

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १५ गते ८:१७

वीरगञ्ज । रौतहटमा रहेको मध्य प्रहरी आवासीय विद्यालय जिगडियाको स्कूल बस र ट्रक आपसमा ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

दुर्घटनामा चार वर्षीया क्यालोरिना राईको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। विद्यार्थी र शिक्षक बोकेर होस्टेल तर्फ जाँदै गरेको बा १ ग २१७९ नम्बरको स्कूल बस र विपरीत दिशाबाट उखु बोकेर आइरहको ना ३ ख ७४१८ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घाइते हुने मध्ये बसका चालक डम्बर विक, विद्यार्थीहरु आयात सिंह, युवराज पटेल, कृतिका रन्जन, सौगात सारु, आर्यन रस्तोगी, प्रहरी जवान विष्णुमाया स्याङ्तान, शिक्षिकाद्वय निरुपा कार्की र ईश्वरी थापाको मात्र परिचय खुलेको छ । जसमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको छ। घाइतेहरुको गरुडामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ।

२०७५ फागुन १५ गते ८:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर