दुघर्टनामा एकको मृत्यु, दुई घाइते

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १८ गते ५:१५

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ बुल्दीपुल नजिक शुक्रबार राति बस र कार ठक्कर खाँदा एकको मृत्यु भएको छ भने, दुई घाइते भएका छन् ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा६च २१०२ नंको कार र बुर्तिबाङबाट काठमाण्डौ जाँदै गरेको ना७ख २८४४ नंको बस ठक्कर खाँदा कारमा सवार पोखरा महानगरपालिका–२० बस्ने ५६ वर्षीय लीलबहादुर सुनारको मृत्यु भएको हो । सुनारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा कार चालक कास्कीका ३४ वर्षीय सुनिल गुरुङ र व्यास नगरपालिका–२ का २८ वर्षीय सुन्दर गुरुङ घाइते भएका छन् । घाइते दुवैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको छ भने दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा छन् ।

२०७५ फागुन १८ गते ५:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर