बाजुरामा करेन्ट लागेर १४ वर्षीया किशोरीको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १९ गते ९:४०

मार्तडी । बाजुराको उत्तरी भेगको जगन्नाथ गाउँपालिका–४ वडाको थारीकाँडामा आज बिहान करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका गोवर्धन खत्रीकी १४ वर्षीया छोरी सिर्जना रहेको बाजुरा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिएका छन् ।

बुबासँगै मिलमा गएकी सिर्जनाले ओढेको पछौरा चलिरहेको मिलले तान्दा उनी लडेर तारमा छोएकीले करेन्ट लागेर मृत्यु भएको उनले बताए । मृतक किशोरीको शव परीक्षका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लागिएको छ । मिल मृतक किशोरीको बुबाले सञ्चालन गर्दै आएको बताइएको छ ।

२०७५ फागुन १९ गते ९:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर