मोटरसाइकल चोरी गर्ने दुई पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ फागुन १९ गते ९:५१

काठमाडौँ ।, महानगरीय प्रहरी प्रभाग कपनले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० ह्याण्डबल मैदानबाट मोटरसाइकल चोरी गर्ने उदयपुरका गङ्गाबहादुर तामाङ र दाङका नवीन बस्याललाई शनिबार राति पक्राउ गरेको हो ।

तामाङले बा९८प ५०८६ नंको मोटरसाइकल मण्डिखाटारबाट चोरी गरेर ल्याउँदै गरेको अवस्थामा र बस्याललाई बालाजुबाट हराएको बा६५प ५६४० नंको स्कुटर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७५ फागुन १९ गते ९:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर