कुवेती दिनार केही पैसा बढ्यो, अरु विदेशी मुद्राको विनिमय दर स्थिर

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २० गते ७:४२

काठमाण्डौ । सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र बहराइन दिनारको भाउ घटबढ भएको छैन । आइतबारकै मूल्यमा साट्न सकिन्छ । कुवेती दिनारको भाउ केही बढेको छ भने कोरियन वनको भाउ केही पैसा घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा छ ।

यस्तै आज सोमबार कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८८ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर ३ सय १५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७४ पैसा छ । सोमबार कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा रहेको छ ।

२०७५ फागुन २० गते ७:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर