तनहुँमा भएको जिप दुर्घटनामा एकको मृत्यु, १२ घाइते

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २१ गते ८:००

तनहुँ । तनहुँमा मंगलबार जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १२ यात्रु घाइते भएका छन् । बन्दीपुर गाउँपालिका –३ रामकोटबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवा नजिकै सडकबाट करिब १० मिटर तल खस्दा रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परी १२ यात्रु घाइते भएका छन् । घाइते हुनेहरुमा चालक नरबहादुर घर्ती, जीप मालिक दलबहादुर सुनारी मगर, यात्रुहरु कुमार बस्याल, होमबहादुर थापा, घनश्याम थापा, सावित्री थापा, देवीमाया थापा खुममाया थापा, बेलिसरा थापा मगर, मिरा थापा र लक्ष्मी पन्थ रहेका छन् ।

चालक घर्तीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ भने अन्य घाइतेको दमौली स्थित रत्नहरी अस्पताल र दमौली अस्पतालमा उपचार भइरहेको छ । घाइते सबै बन्दीपुर गाउँपालिकाका बासिन्दा हुन् । जीपको टायर पन्चर भएर जीप अनियन्त्रित भई दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए ।

२०७५ फागुन २१ गते ८:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर