बञ्चरो प्रहार गरी काकाको हत्या

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २२ गते ७:३४

भीमदत्त नगरपालिका । १३ वडैपुरका शिव लुहारले बञ्चरो प्रहार गरी काका गोरे लुहारको हत्या गरेका छन् । जग्गा विवादमा भतिजाले काका गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए।

बञ्चरो प्रहारपछि सक्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णराज ओझाले बताए।

हत्यामा संलग्न शिवलाई घटनामा प्रयोग गरिएको बञ्चरोसहित पक्राउ गरी हिरासतमा राखिएको उनले बताए।

२०७५ फागुन २२ गते ७:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर