सल्यानमा भएको बस दुर्घटना २६ घाइते

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २२ गते ८:०६

सल्यान । बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाण्डौबाट रुकुमका लागि छुटेको ना ४ ख ५३६३ बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइतेहरुको श्रीनगरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । घाइते सबै खतरामुक्त रहेको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरका डाक्टर मानबहादुर केसीले बताए ।

२०७५ फागुन २२ गते ८:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर