महिला दिवस भव्यरुपमा मनाइने

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २२ गते ९:२३

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवस ९८ मार्च० लाई सफल बनाउन सहयोगका लागि सबैसँग आग्रह गरेको छ । आज यहाँ आयोजित अन्तक्र्रियामा मन्त्रालयले दिवसलाई सफल बनाउन सरोकारवाला गैरसरकारी सङ्घ/संस्था, नागरिक समाज, आमसञ्चार माध्यम र विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिलाई आग्रह गरेको छ ।

‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धको आधार’ भन्ने मूल नाराका साथ शुक्रबार मनाउन लागिएको सो दिवसका अवसरमा मन्त्रालय र गैरसररकारी संस्थाले विभिन्न कार्यक्रम गर्ने भएका छन् । मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले दिवसको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

उनका अनुसार दिवसका अवसरमा विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गरी तीनै तहका सरकार, संवैधानिक निकाय, नागरिक समाज सङ्घ/संस्था, विकास साझेदार सबैसँग समन्वय भइरहेको छ । दिवसको अवसरमा शुक्रबार बिहान शहरका विभिन्न स्थानबाट पदयात्रा गर्नुका साथै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभागृहमा समारोहको आयोजना गरिने छ ।

फ्रान्सको राज्य क्रान्तिको पहिलो हडतालबाट शुरु भएको महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट प्रारम्भ भएको मानी त्यस दिनलाई चीन, ब्राजिल र अमेरिकाका केही महिला मिलेर महिला र पुरुषबीचको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक असमानता हटाई महिला अधिकार कायम गर्न आवाज उठाएका थिए । सोही दिनको स्मरणमा प्रत्येक वर्ष मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो । रासस

२०७५ फागुन २२ गते ९:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर