बुधबार २ किलो ३ सय ग्राम सुन सहित २ जना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २३ गते ६:५१

कैलाली । चिसापानीमा जाँचका क्रममा बुधबार राति २ किलो ३ सय ग्राम सुन सहित धनगढीका व्यापारी रमेश कुमार शैजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शैजुसँगै गाडीमा रहेकी सीता चौधरीलाई पनि सोधपुछका लागि समातिएको कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताए।

उनीहरुले सुन ल्याउदै गरेको बा १९ त ७४१३ नम्बरको गाडी पनि बरामद गरिएको छ । शैजुले काठमाण्डौबाट सुन खरिद गरेर ल्याएको दावी गरिरहेको प्रहरीले जनाएको छ । तर, शैजुसँग १ किलो ३ सय ग्राम सुन खरिद गरेको बिल भेटिए पनि एक किलो सुनको बिल भने छैन ।

२०७५ फागुन २३ गते ६:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर