प्रहरीको गोली लागेर एक घाइते

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २३ गते ७:१९

कपिलवस्तु । प्रहरीको गोली लागेर कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीका दुर्गाबहादुर रोका घाइते भएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेका रोकाको घर खानतलासी गर्ने क्रममा भागेपछि प्रहरीले गोली हान्दा उनि घाइते भएका प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले जानकारी दिए ।

खुट्टामा गोली लागेका रोकालाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको छ । रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, एउटा चाइनिज पेस्तोल, तीनवटा म्यागजिन तथा विभिन्न कागजात बरामद गरेको पनि प्रहरी उपरिक्षक पुडासैनीले बताए । प्रहरीले विप्लवका समेत गाउँ रहेको शिवगढीका झण्डै एक दर्जन घरमा खानतलासी गरेको छ । खानतलासीका क्रममा त्यहाँको अवस्था तनावपूर्ण भएको हो ।

२०७५ फागुन २३ गते ७:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर