पाकिस्तानमा प्रतिबन्धित सङ्गठनका १२१ जना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २४ गते ७:३८

इस्लामावाद । प्रतिबन्धित विभिन्न सङ्गठनमा आवद्ध १२१ जनालाई पाकिस्तानी सुरक्षाकर्मीहरुले पक्राउ गरेका छन् । गत चार दिनको अवधिमा उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्रतिबन्ध लगाएका सङ्गठनका व्यक्तिहरु पक्राउ परेको स्थानीय उर्दु टेलिभिजन सामाले जनाएको छ ।
गृह मन्त्रालयका अधिकारीहरुका अनुसार पक्राउ परेका व्यक्तिहरु प्रतिबन्धित विभिन्न सङ्गठनमा निकै सक्रिय थिए । देशको सुरक्षा निकायले शङ्कास्पद र प्रतिबन्धित व्यक्तिहरुलाई पक्राउ गर्ने क्रमलाई तिव्रता दिएको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानमा जमात उड डावा, फलाह ए इन्सानीट फाउन्डेसन, जैश ए मुहम्मद (जेम) लगायतलाई प्रतिबन्ध लगाइएको छ ।

२०७५ फागुन २४ गते ७:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर