सुरक्षित सुत्केरी अभियान

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २५ गते ५:५२

रोल्पा । रोल्पाको एक वडाले घरमा हुने सुत्केरीलाई शून्य बनाउने अभियान थालनी गरेको छ । लुङ्ग्री गाउँपालिका–१ ले यस्तो अभियानको थालनी गरेको हो ।

अभियानमा तथ्याङ्क सङ्कलन, निमन्त्रणा कार्ड वितरणलगायतका काम गरिने बताइएको छ । अभियानमा बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना पनि जोडिने स्वास्थ्य सहायक दामोदर सुवेदीले जानकारी दिए । आर्थिक वर्ष ०७०/०७१ मा सो वडाका पाँच जनाले मात्रै स्वास्थ्य संस्थामा प्रसूति गराएकोमा आर्थिक वर्ष ०७४/०७५ मा सो सङ्ख्या ८६ र चालू आवको हालसम्म ९७ पुगेको सुवेदीले जानकारी दिए ।

घरमा हुने सुत्केरीले सुरक्षित मातृत्वमा असर गरिरहेकाले स्वास्थ्य संस्थामा पुगेर गराउने प्रसूतिलाई अभियानको रुपमा थालनी गरेका उहाँको भनाइ थियो । अभियानलाई जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लबलगायतले सहयोग गर्ने अपेक्षा गरेको वडाध्यक्ष मति पुनले बताए । रासस

२०७५ फागुन २५ गते ५:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर