एक लाख अक्षयकोष स्थापना

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २५ गते ७:१६

मार्तडी । एक सय नवौँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा “सक्षम नारी सहायता कोष” स्थापना गरिएको छ । यहाँस्थित बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टले महिला श्रमिक दिवसका अवसरामा रु एक लाखको उक्त कोष स्थापना गर्ने आयोजित कार्यक्रममाघोषणा गरेकि हुन् ।

असाहय, पछाडिपरेका, उपचार नपाएर तड्पिरहेका र हिंसापिडीत महिलाको सहयोगका सो कोष खडा गरिएको र यसमा अन्य सहयोगी निकायले पनि सहयोग गर्न सक्ने उनले बताए । अक्षयकोष सञ्चालनका लागि कार्यविधि बनाएर संस्थागत रूपले लैजाने नगरपालिकाको योजना रहेको पनि जानकारी दिँदै उपप्रमुख विष्टले त्यस्ता पीडित महिलाको तथ्याङ्क सङ्कलन गरिने जानकारी दिए ।

२०७५ फागुन २५ गते ७:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर