भारतमा लडाकू जेट विमान दुर्घटना

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २५ गते ७:३३

नयाँ दिल्ली । भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् ।

२०७५ फागुन २५ गते ७:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर