टिपरको ठक्करबाट एकको मृत्यु, एक घाईते

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २५ गते ७:४४

गाईघाट । उदयपुरगढी गाउँपालिका ७ घुम्तिमा शनिबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृतकका छोरा घाईते भएका छन्।

मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग भएको ना १ क ८३४७ नम्बर टिपरले बा ९३ प ९४३२ नम्बरको मोटरसाईललाई ठक्कर दिँदा मोटरसाईलमा सवार उदयपुरगढी गाउँपालिका ७ का ४८ वर्षीय बलबहादुर मगरको ज्यान गएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार वलबहादुरका छोरा २५ वर्षीय सुजन मगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

२०७५ फागुन २५ गते ७:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर