मिलमा सल बेरिएर महिलाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ फागुन २६ गते ६:३३

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ ।

फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिए । शनिबार साँझ धान कुटाउने मिलको धुरामा उहाँले ओडेको सल बेरिएपछि दुर्घटना भएको प्रहरी निरीक्षक विकेले बताएकाछन ।

सल बेरिएर मिलको पट्टामा अल्झिन पुग्नुभएकी थारूको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थल सदरमुकाम नेपालगञ्जदेखि करीब १५ किलोमिटर टाढा राप्ती नदीपारि पर्दछ । मृतक थारूको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ ।

२०७५ फागुन २६ गते ६:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर