मोरङमा लागूऔषध सहित १ युवक पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ चैत ४ गते ७:०१

मोरङ । विराटनगर महानगरपालिका-१५ बसपार्क नजिक आइतवार अपरान्ह ४ बजे प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वराह नगरपालिका १ बस्ने २० बर्षका मोहन शाह रहेका छन् ।

प्रहरीले शाहको साथबाट, डाईजेल्याब-५५ एम्पुल, एभिल-५५ एम्पुल, लुपिजेसिक-५५ एम्पुल र स्पास्मोप्रोक्सिभन-८ चक्कि बरामद गरेको छ । पक्राउ परेका शाहलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले खबर आजकोलाई जानकारी दिएको छ ।

२०७५ चैत ४ गते ७:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर