उदयपुरमा आगलागी, अन्दाजी १४ लाख मूल्य बराबरको क्षति

आजको खबर   |    प्रकाशित : २०७५ चैत ४ गते ७:१६

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका-५ राजदहमा घरको चुल्होबाट अचानक आगलागी हुँदा अन्दाजी १४ लाख मूल्य बराबरको क्षति भएको छ । शरद कुमार भुजेलको घरमा भएको उक्त आगलागि दिउँसो साढे २ बजेबाट सुरु भएको थियो ।

आगलागी हुँदा भुजेलको ढुंगा, माटोले बनेको, फुसको छानो भएको ३ तले घर र मतान घर समेतमा आगलागी भएको थियो । आगलागीबाट घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, नगद ८२ हजार, १० तोला चाँदी लगायत सम्पूर्ण सर(सामान जलेर नष्ट भएको प्रहरी चौकी रुपाटारले जनाएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको साथै कुनै पनि मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले खबर आजकोलाई जानकारी दिएको छ ।

२०७५ चैत ४ गते ७:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर