चलचित्र ‘जात्रै जात्रा’को, ‘माया पिरिम’ सार्वजनिक (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ चैत ४ गते ८:१५

चलचित्र ‘जात्रै जात्रा’मा समावेश पहिलो ‘माया पिरिम’ बोलको गीत रिलिज भएको छ । उक्त गित आइतबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएका हो । निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको उक्त गितमा लेखु सहयात्रीको शव्द रहेको छ भने, कृष्ण भारद्वाजले संगीत भरेका छन् ।

गीतको भिडियोमा निर्देशक तथा अभिनेता निश्चल बस्नेतका साथमा अभिनेत्रीद्वय करिश्मा मानन्धर र सारा शिर्पालीले जोडदार नृत्य गरेका छन् । गीतमा बिहेको परिवेश प्रस्तुत गर्न खोजिएको छ । गीतमा चलचित्रका प्रमुख कलाकारहरु दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा र रवीन्द्र सिंह बानियाँलाई पनि देखाइएको छ । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

‘माया पिरिम’ बोलको उक्त गित, “ओ एस आर डिजिटल” युट्युब च्यानलमार्फत हिजो सार्वजनिक गरीएको हो । हेर्नुहोस् पुरा भिडियो

२०७५ चैत ४ गते ८:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर