वोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ चैत ४ गते ८:२२

चितवन । पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ च ५००७ नम्बरको बोलेरोले निपनी चोकमा आज विहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वोलेरोको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । थापालाई ठक्कर दिने वोलेरो र चालक ईलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ ।

२०७५ चैत ४ गते ८:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर