काँग्रेसबाट प्रतिनिधिसभाको बैठक अवरोध

आजको खबर   |    प्रकाशित : २०७५ चैत ४ गते ९:३८

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) कासांसदले तराई– मधेशमा भएको आन्दोलनको छानबीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको अध्यक्षतामा गठित छानबीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ ।

सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।
उनिहरुबाट विरोध भएपछि सभामुख महराले राजपाका नेता अनिलकुमार झालाई बोल्न समय प्रदान गरे । झाले सभामुखबाट सरकारलाई लाल आयोगको प्रतिवेदन अर्को बैठकमा सार्वजनिक गर्न रुलिङ होस् भनी माग गरे । उनले भने,“आफ्नो पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ, सभामुखका तर्फबाट पनि प्रतिवेदन सार्वजनिक गर्न रुलिङ भएको थियो तर पनि सरकारले तदारुखता देखाउनुको साटो आलटाल गरिरहेको छ ।”

सभामुखबाट रुलिङ भएको हप्ताभन्दा बढी समय बितेको र प्रतिवेदन सार्वजनिक भएमा कैलालीको टीकापुरमा भएको घटनामा कसले के कस्तो गल्ती अन्याय गरेकोछ, कसलाई केकस्तो कारवाहीको सिफारिश गरेको छ भन्ने जान्न सकिने थियो भन्दै सांसद झाले सरकारले प्रतिवेदन सार्वजनिक नगरेर सत्य लुकाउन खोजेको र सभामुखको रुलिङ नमान्नु संसदीय सर्वोच्चतालाई नमान्नु भएको विचार राखे ।

त्यसपछि पनि राजपाका सांसदले उठेर विरोध जनाइरहेपछि सभामुख महराले प्रतिवेदन सार्वजनिक गर्ने विषयलाई सरकारले सकारात्मक रुपमा लिएको र केही समय अध्ययनका लागि माग भएको जानकारी दिए । त्यसपछि पनि राजपाबाट विरोध भइरहेपछि सभामुखले बैठक १० मिनेटको लागि स्थगन भएको घोषणा गरे । यसअघि पनि राजपाका सांसदको विरोधका कारण तीन बैठक प्रभावित भएका थिए । रासस

२०७५ चैत ४ गते ९:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर