छुट्टाछुट्टै घटनामा दुईको मृत्यु, एक घाइते

आजको खबर   |    प्रकाशित : २०७५ चैत ५ गते ३:१२

भरतपुर । मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चितवनको भरतपुरमा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक गम्भीर घाइते भएका छन् ।

सोमबार राति १ बजे भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा९१प ३४८ नंको मोटरसाइकल अनियन्त्रित भई केन्द्रीय बस टर्मिनल चोकको डिभाइडरमा ठक्कर खाँदा मोटरसाइकल पछाडि सवार खैरहनी नगरपालिका–१३ का ३४ वर्षीय कुमार अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अधिकारीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । गम्भीर घाइते मोटरसाइकल चालक धादिङ कयपुर–५ का ३८ वर्षीय सोमनाथ सेढाइँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यता गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा घाँस काट्न गएकी रत्ननगर नगरपालिका–६ की ५५ वर्षीय जानकी चौधरीको मृत्यु भएको हो । गैँडाको आक्रमणबाट घाइते चौधरीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

२०७५ चैत ५ गते ३:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर