आगलागि हुँदा १६ लाख ८१ हजार मूल्य बराबरको क्षति

आजको खबर   |    प्रकाशित : २०७५ चैत ५ गते ७:३०

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-३ जलजलेमा मार्से सामूदायिक जंगलमा लागेको आगोले स्थानीय डोलेश्वर ढुंगानाको घर सल्किदा अन्दाजी १६ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको छ ।

दिउँसो २ बजे भएको उक्त आगलागीबाट ढुंगानाको ढुंगा, माटोले बनेको फुसको छानो भएको ३ तले घर, घर भित्र रहेको धान, मकै लगायत लत्ताकपडा, भाडावर्तन र काठपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम, प्रहरी चौकी पोक्लावाङ, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा साँझ पौने ७ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको उक्त कार्यालले खबर आजकोलाई जानकारी दिएको छ । ।

२०७५ चैत ५ गते ७:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर