चर्चित भारतीय कमेडियन ‘द कपिल शर्मा’ शोमा यसरी पुगिन् पूर्व मिस नेपाल निकिता चण्डक(भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ चैत ५ गते ९:१३

काठमाडौं। चर्चित भारतीय कमेडियन कपिल शर्माको कार्यक्रम ‘द कपिल शर्मा’ शोमा पूर्व मिस नेपाल निकिता चण्डक पुगेकी छिन् । कपिल शर्मा शोका चर्चित कमेडियन किकु शारदाले उनलाई शोमा निमन्त्रणा गरेका थिए । उनले आफ्नो सामाजिक सञ्जालमा किकु शारदासँगको एक तस्बिर शेयर गर्दै ‘मलाई कपिल शर्मा शोमा बोलाएकोमा किकु शारदा सरलाई धन्यवाद’ समेत भनेकि थिईन् ।

निकिताले सामाजिक संजालमा पोस्ट शेयर गरेसँगै उनी शोमा कसरी जाने भन्ने कौतुहलता छाएको थियो किनकि शोमा मुख्य अतिथि मात्र होइन दर्शक पनि निमन्त्रणा पाएपछि मात्र जान पाउँछन् । अहिले भने त्यो रहस्य खुलेको छ । निकिता मुख्य अतिथि होइन दर्शकको रुपमा शोमा पुगेकी छिन् । १६ मार्चमा प्रसारण भएको यो एपिसोडमा निकिता दर्शक दीर्घामा देखिन्छिन् । हेर्नुहोस् पुरा भिडियो

२०७५ चैत ५ गते ९:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर