गर्मी मौसममा खरबुजा खानुहुन्छ,? यस्ता छन् फाईदा

आजको खबर   |    प्रकाशित : २०७५ चैत ५ गते १०:५१

काठमाडौँ । गर्मी मौसममा शरिरलाई भित्रि रुपमा चिसो बनाउन हामी विभिन्न उपाय अपनाउछौं । मौसमी फल खरबुजा मिठो र स्वादिष्ट त हुन्छ नै यसले केहि हदसम्म शरीरलाई चिसो बनाउन पनि मद्धत गर्दछ । खरबुजामा प्रशस्त मात्रामा पानी पाइन्छ, यसकारण गर्मी मौसममा यसको सेवनले पानीको कमी हुनबाट बचाउछ र डिहाइड्रेशनबाट बचाउछ । खरबुजा खानाले बिभिनन फाईदाहरु हुने गर्दछन्:

१. छाला हड्डि र माशंपेशीको लागि :

खरबुजामा धेरै पौष्टिक तत्वहरु पाइन्छ, त्यसैले यो शरिरको सबै हिस्साको लागि फाइदाजनक छ । खरबुजामा भएको भिटामिन‘ सि’ ले शरिरमा भएको फ्रि रेडिकल्सलाई नास गर्दछ जसले छाला स्वस्थ रहन मद्धत गर्दछ । यसले छामलामा उमेरको प्रभाव कम गराउन मदत गर्दछ । भिटामिन ‘सि’ हाड र माशंपेशीको लागि धेरै फाइदाजनक छ ।

२. तौल घटाउछ :

खरबुजामा थोरै मात्रामा मात्र चिल्लो पदार्थ हुन्छ, यसकारण यसको सेवनले तौल बढाउदैन । यसमा कार्बोहाइड्टको मात्रा धेरै हुन्छ । यसमा भएको सुगर सजिलै शरिरमा इनर्जी दिन्छ तर तौल बढाउदैन् । सुगरको धेरै तौल यसमा भएको पानीमा हुन्छ । यस कारण यो खादा पेट भरिएको जस्तो लाग्छ । तर भारिपन लाग्दैन । यसमा फाइवरको मात्रा धेरै हुन्छ ,यसकारण तौल घटाउनमा सहयोग गर्दछ ।

३. आँखाको रोशनी बढाउन सहयोगी :

खरबुजा आँखाको लागि पनि फाइदाजनक फल हो, यसकारण गर्मीमा यसको भरपुर प्रयोग गर्नुस् । खरबुजामा भिटामिन ‘बि’ र ‘सि’ प्रशस्त मात्रामा पाइन्छ ,यसै कारण यसले आँखाको रोशनी बढाउन मदत गर्दछ । यो भिटामिनले आँखाको रेटिनाको माशंपेशीलाई मजबुत बनाउछ, जसले लामो समयसम्म आँखालाई ठिक तरिकाले काम गर्न सघाँउछ ।

४. मुटुका रोगीलाई फाइदाजनक :

खरबुजा खानेले मनको बिरामीबाट बचाउछ । खरबुजामा एडिनोसिन हुन्छ । जसले शरिरमा रगतलाई पातलो बनाउछ । यसबाट रगतलाई जम्ने तथा गाढा हुने खतरा हुदैन र रक्तसंचारलाई सन्तुलित गराउछ । खरबुजामा भएको पोटासियमले मुटुका विरामी जस्तै हार्ट अट्याक, कार्डिएक अरेस्ट, स्ट्रोक आदिबाट बचाउदछ । यसकारण खरबुजाको प्रयोग तपाईको मुटुका लागि पनि फाइदाजनक छ ।

२०७५ चैत ५ गते १०:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर