सांस्कृतिक पर्वले समाजलाई एकताबद्ध : मुख्यमन्त्री पोखरेल

आजको खबर   |    प्रकाशित : २०७५ चैत ६ गते ७:०७

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्व र संस्कृतिलाई सही ढङ्गले मनाउँदै समाजमा सद्भाव, मेलमिलाप र विश्वास बढाउन सकिएमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुँदै जाने बताएका छन् । उनले होलीपर्वको अवसरमा आज प्रदेशवासी जनतामा व्यक्त गरेको शुभकामना सन्देशमा विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै सामाजिक सम्बन्धलाई बलियो बनाउन हाम्रा सांस्कृतिक पर्वले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरेका छन् ।

नेपालको मौलिक पर्वको रुपमा नेपाली समाजमा स्थापित होलीपर्व अथार्त फागुपूर्णिमा कुनै समुदाय र ठाउँ विशेषमा नभएर होली साझा पर्वको रुपमा स्थापित भइसकेको मुख्यमन्त्री पोखरेलले बताएका छन् । रासस

२०७५ चैत ६ गते ७:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर