टिकटकमा भाइरल प्रिन्सी र प्रिज्माको ‘हाम्रो माया जिन्दाबाद’ ट्रेन्डिङ २ मा (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ चैत ६ गते ७:३३

काठमाण्डौ । सामाजिक संजाल टिकटक बाट भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्माको केहिदिन अघि सार्वजनिक भएको पहिलो म्युजिक भिडियो युट्युबको ट्रेन्डिङ २ मा आएको छ। टिकटकमा आफ्नो कला प्रस्तुत गर्दै भाइरल भएका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा अभिनित म्यूजिक भिडियो ‘हाम्रो माया जिन्दाबाद’ सार्वजनिक भएसँगै उक्त भिडियो ट्रेन्डिङ २ मा आएको हो।

लोक तथा आधुनिक गायक तथा मोडल शिशिर भण्डारी र बिन्दु परीयारको स्वर रहेको उक्त गीतमा शिशिर भण्डारी आफैले पनि अभिनय गरेका छन् । माया जिन्दाबाद गीतलाई कोरीयोग्राफि तथा निर्देशन भने सूरेन्द्र बस्याँलले गरेका हुन् । गत सुक्रबार मात्र सार्वजनिक गरिएको यो गीत २ दिनमै दर्शक श्रोताको मनमा बस्न सफल भएको छ । भिडियो सहित

२०७५ चैत ६ गते ७:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर