स्वास्थ्य बीमाप्रति सिरहाका सर्वसाधारण उत्साहित

आजको खबर   |    प्रकाशित : २०७५ चैत ६ गते ९:००

लहान । स्वास्थ्य बीमा कार्यक्रमप्रति सिरहाका सर्वसाधारण उत्साहित भएका छन् । गत फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितहरुको नाम दत्र्ताको कार्य शुरु गरेको हो ।

स्थानीय तहका सम्पूर्ण वडामा बीमितको नाम दत्र्ता शुरु गरेपछि नाम दत्र्ता गराउन सर्वसाधारणको भिड लाग्न थालेको स्वास्थ्य बीमा बोर्ड शाखाले जनाएको छ । प्रत्येक वडामा एक÷एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुका साथै बीमा गराउनेको नाम दत्र्ताको कार्य भइरहेको बीमा अधिकारी भोगेन्द्र साहले जानकारी दिए ।

सहजकर्तामार्फत दत्र्ता भएको बीमितको नामलाई यही महीनाबाट कम्प्युटरमा दत्र्ता गर्न शुरु गरिएको र अहिले नाम दत्र्ता हुने बीमित्तले आउँदो जेठ महीनाबाट बीमा सेवा पाउने साहले बताए । पाँचजनाको परिवारले वार्षिक रुपमा प्रतिपरिवारले रु दुई हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारवापत वार्षिक रु ५० हजारको स्वास्थ्य बीमा पाउने व्यवस्था छ । पाँचजना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्यले वार्षिक रु ४२५ का दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा रु १० हजार थपिने छ । रासस

२०७५ चैत ६ गते ९:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर