होली मनाउन पोखरातर्फ जाँदै गरेका युवाको दुर्घटनामा मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ चैत ६ गते ९:३०

काठमाण्डौ । काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नं।को मोटरसाइकल र हेटौडाबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ४११४ नं।को ट्रक बेनीघाट रोराङ गाउँपालिका वडा नं।५ बेनीघाट गोमती पुलमा एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

होली मनाउन पोखरातर्फ जाँदै गरेका पोखरा महानगरपालिका वडा नं।२३ का २० वर्षीय दिपक पुन मगर मोटरसाइकल दुर्घटनामा घाइते भएपछि, उपचारका लागि काठमाण्डौतफ लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

दुर्घटनामा पोखराकौ मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाण्डौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

२०७५ चैत ६ गते ९:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर