दुर्घटनामा हराइरहेका चालकको शव फेला

आजको खबर   |    प्रकाशित : २०७५ चैत ६ गते ९:४४

ओखलढुंगा । सोलु करिडोरको विद्युत प्रसारण लाइन विस्तारका लागि निर्माण गर्न लागिएको टावरको जग खन्ने क्रममा दुर्घटना हुँदा मंगलबार साँझदेखि हराइरहेका १८ वर्षीय चालक जीवन श्रेष्ठको मानेभञ्ज्यांङ गाउँपालिका-४ मा रहेको बालेथाममा बुधबार शव फेला परेको छ ।

उनको घटनास्थलमै शव फेला परेको प्रहरीले जनाएको छ । करिडोरको टावर (पोल) निर्माण स्थल खन्ने क्रममा ना१क ७७९४ नम्बरको एक्स्क्याभेटर दुर्घटनामा परेको थियो । दुर्घटनासँगै चालक हराइरहेका थिए । एक्स्क्याभेटर मंगलबार साँझ ६ बजे दुर्घटना भए पनि चालकको अवस्था अज्ञात थियो ।

हराइरहेका चालकको शव भने बुधबार बिहान मात्रै फेला परेको प्रहरीले जनाएको छ । आयोजनाका ठेकेदार नआएसम्म स्थानीयले शव उठाउन मानेका छैनन् । एक्स्क्याभेटर सडकबाट ८ सय मिटर तल भीरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख पुष्पराज मल्ले बताए ।

२०७५ चैत ६ गते ९:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर