सुनसरीमा अर्नाको आक्रमणबाट १ घाइते

आजको खबर   |    प्रकाशित : २०७५ चैत ६ गते १३:२६

झापा । सुनसरीको कोशी गाउँपालिका-१ मा बुधवार अर्नाको आक्रमणमा परि १ जना घाइते भएका छन् । अर्नाको आक्रमणबाट सोही स्थान बस्ने बर्ष ४२ को भगवान मण्डल घाइते भएका हुन् ।

मण्डललाई बिहान ७ बजे घर नजिकै रहेको खेतमा पानी लगाई रहेको अवस्थामा कोशीटप्पु बन्यजन्तु आरक्षणबाट निस्किएको जंगली अर्नाले आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते मण्डललाई उपचारको लागि स्थानीय मेडिकल हुँदै थप उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

२०७५ चैत ६ गते १३:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर